आगजनी र तोडफोडप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण
काठमाण्डौ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनका नाममा व्यापारीक भवनमा भएको आक्रमण, तोडफोड र अराजक गतिविधिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले विज्ञप्ति जारी गरी व्यवसायीक भवन र व्यवसायमा भएको तोडफोड र आगजनीप्रति दुखः व्यक्त गर्दै दोषीमाथी कार्वाहीको माग गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आगजनी र तोडफोडको घट्नाका कारण भएको क्षतिको क्षतीपूर्ती तत्काल गरिदिन अपिल गर्नुभएको छ ।
यस्तो घट्नाप्रति राज्यपनि जिम्मेवार बन्नुपर्ने माग गर्नुभएको छ ।

