व्यवस्थित योजनाले संस्था र व्यक्तिगत जीवनमा पार्ने प्रभाव भिडियो सहित
काठमाण्डौ,
कुनै पनि संस्था वा व्यक्तिको जीवनमा योजनाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जब योजना निर्माण र कार्यन्वयनको तहमा गईन्छ तब जीवन र संस्थालाई व्यवस्थित र बैज्ञानिक ढंगबाट सञ्चालन गर्न सकिन्छ । विश्वभर संस्था र जीवनको योजना निर्माणका विभिन्न तरीकाहरुको विकास भएको छ ।
संसारभर लागु गरिने केही यस्ता योजना निर्माणका विषयहरुछन् जसले समग्र अवस्थामा परिवर्तन ल्याउन सहयोग गरिरहेका हुन्छन् । यस्तै हामीले संस्थाको संस्थागत दिगो विकास र व्यवस्थित संस्था सञ्चालनका लागि पनि व्यवसायीक योजनाले सहयोग पुग्ने देखिन्छ ।
जीवनपनि यस्तै हो । जीवन सञ्चालनलाई व्यवस्थित बनाउन पनि व्यवसायिक योजनाले सहयोग पुग्ने विज्ञहरुले बताउनुभएको छ । यसैक्रममा हामीसंग कुरा गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडाले व्यवसायीक योजना निर्माणको विषयमा प्रष्ट पार्नुभएको छ ।
