डेढ वर्षदेखि विसर्जन हुन सकेन ४७ लाख कोरोना खोप

 डेढ वर्षदेखि विसर्जन हुन सकेन ४७ लाख कोरोना खोप

काठमाडौं । कोरोना महामारीकालमा प्राणरक्षक साबित भएका खोपको ४७ लाख मात्राको म्याद सकिएको १५ महिना बितिसक्दा पनि सरकारले विसर्जन गर्न सकेको छैन ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले स्वास्थ्य सेवा विभागद्वारा उपलब्ध गराइएको अभिलेख अनुसार विभागमा २ लाख २ हजार भायल अनुदानमा प्राप्त खोप र स्वास्थ्य संस्थामा प्रयोगको क्रममा खेर गएको ४७ लाख ६१ हजार डोज खोपको म्याद सकिएको जनाएको छ ।

प्रतिवेदनले म्याद समाप्त भएको खोपको विसर्जनका लागि उचित व्यवस्थापन मिलाउन सुझाव समेत दिएको छ ।

चीन सरकारले दानमा दिएका सिनोभ्याक कम्पनीका ती खोप २०७८ साल चैत १२ र १४ गते नेपाल आइपुगेका थिए । फरक–फरक मितिमा उत्पादित ती खोपको प्रयोग हुन नसक्दा २०८० साल मंसिरदेखि पुसको दोस्रो सातासम्म म्याद सकिएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *