सहकारी सुधारका लागि प्रशिक्षण, देशव्यापी अभियानले ल्याउँदै सुधार

 सहकारी सुधारका लागि प्रशिक्षण, देशव्यापी अभियानले ल्याउँदै सुधार

काठमाण्डौ ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को आयोजनामा देशव्यापी रुपमा भईरहेको सहकारी आम प्रशिक्षण्ले सहकारी सुधारमा सहयोग गरेको अध्यक्ष खेम बहादुर पाठकले बताउनु भएको छ ।
बाँकेको नेपालगञ्जमा बाँके जिल्लाका ९ वटा संस्था २ सय ३५ जना भन्द बढिको सहभागितामा भएको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले सबैभन्दा पहिला कुनै पनि संस्था सुधारका लागि नेतृत्वि सुर्धनुपर्नेमा जोड दिनुभयो । उहाँले नेतृत्व सुध्रन सके मात्र संस्थाको सुधार हुने भन्दै सबैलाई यसतर्फ लाग्न अनुरोध गर्नुभयो ।

संस्थाका अध्यक्ष, प्रवन्धक, सञ्चालक, लेखा सुपरिवेक्ष्ण समितिका पदाधिकारीहरु सहितको सहभागितामा भएको कार्यक्रममा उहँले आफ्नो संस्था कस्तो बनाउने भन्ने विषयमा नेतृत्व पहिलेनै स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

खेम बहादुर पाठकले अहिले देशव्यापी सहकारी जागरण अभियानमा हुनुहुन्छ। एकजना व्यक्तिको सोच र अभियानले समग्र अभियानमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने पाठकको यो अभियानले देखाँदै लगेको अन्य बक्ताहरुले बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एकता शाह, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का उपाध्यक्ष पूर्ण शर्मा, साना किसान विकास लघुवित्त वित्रीय संस्था लि. का नेपालगञ्ज शाखा प्रमुख विशाल तुलाधर लगायतको सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *