मेलम्चीको पानी पिउँदै मन्त्री यादव : अब सिंहदरबारमा जार र बोतल नि*षेध

 मेलम्चीको पानी पिउँदै मन्त्री यादव : अब सिंहदरबारमा जार र बोतल नि*षेध

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ ।

सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानी अब सिंहदरवारभित्रका सबै मन्त्रालय र कार्यालयहरूमा वितरण गरिने उहाँले बताउनुभयो ।
सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ। यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो। अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ भन्त्री यादवले भन्नुभयो ।

त्यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो अब जार र बोतलको पानी विस्थापित हुन्छ।ु सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिनुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *