आज आउँदै बजेट, उर्जा र कृषि क्षेत्र प्राथमिकतामा

 आज आउँदै बजेट, उर्जा र कृषि क्षेत्र प्राथमिकतामा

काठमाडौँ । आर्थिक वर्ष २०८२र०८३ को बजेट आज दिउँसो ३ बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसदबाट पास भएसँगै सरकारले बजेट ल्याउन लागेको हो ।
३ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा केही वृद्धि भएर आउने छ । आगामी आर्थिक वर्षको बजेट २।१७ प्रतिशत वृद्धि गरेर राष्ट्रिय योजना आयोगले १९ खर्ब ६५ करोडको सिलिङ दिएको छ । उक्त सिलिङअनुसार गत वर्षभन्दा थोरै वृद्धि भएर बजेट आउने आकलन गरिएको छ ।

यसैगरी बजेट प्रस्तुत हुने भएपछि केही दिन देखी संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले पनि संसदको अवरोध हटाउने निर्णय गरेका छन् ।

तीन करोड मुनिका आयोजना समावेश भएनन्

आर्थिक वर्ष २०८२र८३ को बजेटमा तीन करोड रुपैयाँमुनिका आयोजना सङ्घीय सरकार मातहतमा नराखि बजेट बनेको छ । नयाँ बजेटमा तीन करोड रुपैयाँमाथिका आयोजना मात्र समावेश भएको मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री पौडेलले बारम्बार सार्वजनिक फोरमहरूमा तीन करोड रुपैयाँमुनिका आयोजना सङ्घीय सरकार मातहतमा नराख्ने बताउँदै आएका छन् ।

तीन करोडमुनिका आयोजना प्रदेशअन्तर्गत पर्ने भन्दै ठुला आयोजना मात्र समावेश गरेर बजेट आउने भएको छ । सङ्घीय सरकारले साना आयोजना बजेटमा नराख्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा तीन करोडमुनिका आयोजना पनि राखिरहेका थिए । तर आगामी आर्थिक वर्षको बजेटमा कटौती गरेर बजेट आउँदैछ ।
वर्तमान सरकारले कृषि र उर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *