खेलकुदमा ६ अर्ब ८ करोड विनियोजन, अहिलेसम्मकै धेरै बजेट

काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२|०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०८१|८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । यसअघि आव २०७६र७७ मा विनियोजित ३ अर्ब ९९ करोड सबैभन्दा उच्च बजेट थियो । अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाए ।
त्यस्तै झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ ।