स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट

सरकारले आर्थिक वर्ष २०८२।०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अब निरोगी नेपाल अभियान अन्तर्गत सातै प्रदेशका अस्पतालमा सघन जलन उपचार सेवा, विशेषज्ञ क्यान्सर उपचार सेवाका साथै मुटु रोग र मिर्गौला उपचार सेवा विस्तार हुनेछ। यसै वर्ष सुरू भएका कार्यक्रमलाई नियमित बजेट तथा विस्तार नभएका स्थानमा नयाँ बजेटले सेवा थप्न व्यवस्था गर्नेछ।