दृष्टिविहीनहरुको फुटबल प्रतियोगिता : प्रशिक्षक भन्छन्, ‘यो नेपालमै पहिलो हो’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दृष्टिविहीनहरुलाई फुटबल प्रशिक्षण प्रदान गरेर प्रतियोगिता आयोजना ग¥यो । ५ दिनको प्रशिक्षणपछि समापन अवसरमा प्रशिक्षार्थीहरुलाई महिला र पुरुष समूहमा प्रतिस्पर्धा गराएको हो । काठमाडौँ ग्रीन र काठमाडौँ ब्लु गरेर महिला पुरुष दुवैका २÷२ समूह प्रतिस्पर्धामा थिए । पुरुष खेलतर्फ काठमाडौँ ग्रीनले काठमाडौँ व्लुकालाई १–० गोलले पराजित ग¥यो । यस्तै महिलातर्फ काठमाडौँ ब्लुले काठमाडौँ ग्रीनलाई १–० ले पराजित ग¥यो । एउटा समूहमा ५ जना खेलाडी थिए । महिलाहरुको समूहमा भने २ जना वैकल्पिक खेलाडी पनि थिए ।
खेलमा वेस्ट प्लेयर उपाधिसहित विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै सहभागी खेलाडीहरुलाई प्रोत्साहित गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै प्रशिक्षक, रेफ्री र स्वयमसेवकहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
‘यसप्रकारको खेलले, सहरमा भएका सबै व्यक्तिलाई सबै प्रकारका अवसरमा पहुँच प्रदान गर्ने काठमाडौँ महानगरपालिकाको नीति कार्यान्वयनमा आएको हो ।’ प्रतियोगिताका विजेतालाई प्रमाण पत्र प्रदान गर्दै कार्यपालिका सदस्य एवं सामाजिक समितिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘समतामूलक समाज निर्माणका लागि संविधान प्रदत्त अधिकारको पहुँच बढाउन नीति, बजेट र कार्यक्रममार्फत काम गरिरहेका छौँ । गरिरहनेछौँ ।’
‘सामाजिक विकासका लागि धेरै काम गर्नु पर्नेछ । विगतमा थालिएका सफल र असल कामलाई निरन्तरता दिँदै नयाँ आयामबाट कार्यक्रम सञ्चालन गरिनेछ ।’ सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला भन्नुहुन्छ, ‘पारा क्षेत्रका खेलको विकास र प्रवर्धनका लागि महानगरपालिका आफैँ सञ्चालन गर्ने र समन्वय तथा सहकार्यमा सञ्चालन गरिने कार्यक्रमलाई सँगसँगै अगाडि बढाउनेछ ।’ खेल हेरिसकेपछिको अनुभूति सुनाउँदै सामाजिक विकास महाशाखा प्रमुख जानकी सिंह भन्नुहुन्छ, ‘दृष्टिविहीनको फुटबल हेरेपछि आफूमा उर्जा थपिएको महसुस भयो ।’ खेलका संयोजक भवानी कपालीका भन्नुहुन्छ, ‘प्रशिक्षणपछि दृष्टिविहीन खेलाडीहरुमा आत्मविश्वाश बढेको, शारीरिक र मानसिक रुपमा आफूलाई प्रतिस्पर्धी महसुस गरेको, समूहगत कार्यमा उत्साहित भएको पाएका छौँ ।’
खेलका प्रशिक्षक विरुकमल श्रेष्ठ भन्नुहुन्छ, ‘२ वर्षसम्म प्रशिक्षण सञ्चालन गर्न सकियो भने दक्षिण एशियाली प्रतिस्पर्धामा जान सक्ने खेलाडी उत्पादन गर्न सक्नेछौँ ।’ उहाँका अनुसार यसपटकको खेलमा पुरुष खेलाडीभन्दा महिला खेलाडीमा धेरै उत्साह देखिएको थियो ।
ब्लाइन्ड फुटबल सन् १९२० मा स्पेनमा १९६० मा व्राजिलमा खेलाइएको थियो । इन्टरनेशनल ब्लाइण्ड स्पोर्टस फेडेरेसन ९आइ बी एस ए०ले सन् १९९६ देखि यो खेलालाई पारालिम्पिक स्पोर्टस्का रुपमा मान्यता दिएको हो । नेपालमा यो खेल शुरुवातका विषयमा प्रशिक्षक श्रेष्ठ भन्नुहुन्छ, ‘सन् २०२१ मा जापानले दृष्टिविहीनहरुले खेल्ने बल प्रदान गरेपछि पुरुष दृष्टिविहीनहरुका लागि प्रशिक्षण गराइएको थियो । त्यो प्रशिक्षणपछि प्रतिस्पर्धा भने भएको थिएन । यसपटक प्रशिक्षणमा महिलाहरुलाई सहभागी गराइयो । प्रतिस्पर्धा गराइयो । यसकारण नेपालमा दृष्टिविहीनहरुको फुटबल प्रतियोगिता यो नै पहिलो हो ।’
पारा खेलअन्तर्गत धेरै विधा छन् । यसअन्तर्गत दृष्टिविहीनहरुको फुटबल खेल एशियाली मुलुक, दक्षिण एशियाली मुलुकस्तरीय तथा विश्व कप समेत हुने गरेका छ ।