काठमाण्डौ बसाइँ सरेको तोप चराको चमत्कार (भिडियो सहित)
एउटा रहस्यमयी चरा
यो शुन्दर र आकर्षक गुण बनाउने चराको नाम के होला ? कसरी बनाउँछ होला यो चराले यति राम्रो गुण ? नेपाल र भारतमात्र पाईने यो चरा कहाँ कहाँ र कस्तो स्थानमा बस्छ होला ?
आज आहा नेपालमा यही आकर्षक गुण बनाउने चराको बारेमा जान्नेछौ ।
यो चरा काठमाण्डौ बसाइ सरेको छ । यो चरालाई अहिले गुण बनाउन भ्याई नभ्याई छ ।
निरन्तरको कर्म, समर्पण, विहानदेखी साँझै सम्म सक्रिय जीवनशैली जसले आफुमात्र होइन बाटो हिड्नेलाई पनि एकपटक रोकिन बाध्य बनाउँछ ।
यो चराको नाम तोप चरा हो । यसको आकर्षक गुण बनाउने कलाले धेरैलाई लोभ्इाउने गछै । विशेष गरी यस चराको कलात्मक र अकर्षक गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्छ । तोप चरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिन्छ । बसाइसराइँ गरिरहने यो चराले आफुलाई सुरक्षित र उपयुक्त ठाउँ पाउनसाथ गुँड बनाउन अडिने गर्छ ।
काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक गुँड बनाउने गर्छन् ।
निरन्तरको परिश्रम, त्याग, समर्पण र निरन्तरको अभ्यासले यो चराले यति धेरै आकर्षक र हेरिरहुँजस्तो गुण बनाउन सफल भएको हो ।
खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग हल्लिने गरी गुण बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । जुन भालेको गुँड सुन्दर हुन्छ, पोथीले तिनै भालेको गुणमा गएर बस्ने गर्छन । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।
सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमा मात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।