गृहमन्त्री अर्यालको चेतावनीः जेनजीका नाममा धम्क्याउनेहरू नियन्त्रणमा लिइने

 गृहमन्त्री अर्यालको चेतावनीः जेनजीका नाममा धम्क्याउनेहरू नियन्त्रणमा लिइने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा कार्यालय–कार्यालय गएर कर्मचारीलाई धम्क्याउनेहरूलाई सरकारले नियन्त्रणमा लिने चेतावनी दिएका छन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले जेनजीको नाममा भइरहेको केही गलत गतिविधिप्रति सरकार सतर्क रहेको बताए।

एक पत्रकारले “जेनजीका नाममा कार्यालय–कार्यालय गएर हप्काइरहेका छन्, सरकारको प्रतिक्रिया के हो?” भन्ने प्रश्न गरेपछि मन्त्री अर्यालले भने, “त्यो गलत क्रियाकलाप हो, सरकारले नियन्त्रणमा लिन्छ।

जेनजीका नाममा कसैले गलत काम गर्छ भने त्यो सुशासन विरोधी क्रियाकलाप हो। सरकार त्यसलाई निगरानी गर्छ र प्रहरी प्रशासनमार्फत नियन्त्रणमा लिन्छ।”

उनले थपे, “जेनजीको विद्रोह सुशासनका लागि हो, त्यसलाई बदनाम गर्ने वा गलत रूपमा प्रस्तुत गर्ने प्रयास अस्वीकार्य छ।”

सरकारले जेनजी आन्दोलनका नाममा अराजकता फैलाउने र सार्वजनिक सेवामा अवरोध पुर्‍याउने गतिविधिलाई रोक्न निगरानी कडा बनाउने तयारी गरेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *