पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो।
मूल्य समायोजनपछि काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ, र बाँकी क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।