बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि ल्याएकोे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको १४ जेठमा भएको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १ सय १६ वटा बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । सांसदहरु सुष्मा भुजेल, युवराज चौलागाईं र सृजना सयजूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्तावको पक्ष र विपक्षीमा मत जाहेर हुँदा बैठक स्थलमा हाँसो भएको थियो ।
सुष्मा भुजेललगायतका सांसदले संयुक्त रुपमा राखेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै सडक स्तरोन्नती र नयाँ सडक ट्रयाक खोल्न निरुत्साहित गर्नेदेखि वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गर्नुका साथै बचतकर्ताहरुको बचत तथा लगानी संरक्षणमा जोड दिइनेसम्मका योजना थिए ।