एक सातामै सुन ५ हजार ४ सय महँगियो

 एक सातामै सुन ५ हजार ४ सय महँगियो

काठमाडौं । पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।

जेठ १५ गते सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो । यो मूल्य आज १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ थियो ।

चाँदी प्रतितोला ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाा रहेको चाँदी आज २ हजार ७५ रुपैयाँ पुगेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *