अष्ट्रेलियामा भव्यताका साथ मनाईयो अन्तराष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)
सिड्नी । अष्ट्रेलियामा रहेका सामाजकि संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लीज कम्यूनिटी एसोसयिसन अफ अष्ट्रेलिया (फेन्का) तथा गोरखा समाज अष्ट्रेलयिाको अगुवाईमा ३१ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे का अवसरमा सिड्नीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सगरमाथा डे कार्यक्रमका संयोजक डा.मधु पुडासैनीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, सिड्नी, न्यू साउथ वेल्स, अष्ट्रेलियाका प्रमुख संजीव शर्मा रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संजीव शर्मा, न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्यदूतले मन्तव्य दिँदै अष्ट्रेलियामा रहेका नेपाली समुदायको एकता, सक्रियता र सांस्कृतिक पहिचानको संरक्षणप्रति प्रशंसा व्यक्त गर्नुभयो।
उहाँले नेपाली समुदायले अष्ट्रेलियामा सिर्जना गरेको सकारात्मक छविको चर्चा गर्दै, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, वाणिज्यदूतको हैसियतले समुदायका हितमा सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मन्तव्य दिँदै अष्ट्रेलियास्थित नेपाली समुदायको उत्थान, एकता र पहिचानको प्रवर्द्धनमा एनआरएनएले खेलेको भूमिका उल्लेख गर्नुभयो।

उहाँले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समुदायका आवश्यकता र हितका लागि निरन्तर क्रियाशील रहँदै आएको जानकारी गराउनुभयो। साथै, भविष्यमा अझ प्रभावकारी कार्यक्रम तथा सहकार्यका माध्यमबाट नेपाल र अष्ट्रेलियास्थित नेपालीहरूको सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अष्ट्रेलिया संघीय संसदका सांसद तथा बैंक्स क्षेत्रका प्रतिनिधि झी सून (Mr Zhi Soon MP Federal Member for Banks) ले मन्तव्य व्यक्त गर्नुभयो। उहाँले नेपाली समुदायको सांस्कृतिक विविधता, परिश्रम र सामाजिक योगदानको प्रशंसा गर्दै समुदायले अष्ट्रेलियाको बहुसांस्कृतिक पहिचानमा पुर्याएको भूमिकालाई उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले भविष्यमा पनि नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका सांसद माननीय मार्क बुट्टिजीगले (Hon. Mark Buttigieg MLC representing The Hon. Stephen Kamper MP) माननीय स्टेफन क्याम्परको तर्फबाट प्रतिनिधित्व गर्दै मन्तव्य व्यक्त गर्नुभयो। उहाँले नेपाली समुदायले अष्ट्रेलियामा पुर्याएको योगदानको प्रशंसा गर्दै, बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रियता उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपाली र अष्ट्रेलियन समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन फेन्का (FeNCAA) का सचिव डा. प्रकाश पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै गेर्खा समाजका अध्यक्ष योगेन्द्र जोशीले नेपालको गौरवमय दिन अन्तराष्ट्रिय सगरमाथा दिवस मनाउन सहयोग गर्ने सम्पूर्णलाई नेपाल चिनाउने अभियानमा निरन्तर लाग्न अनुरोध गर्दै स्वागत गर्नुभएको थियो ।
यसैगरी कार्यक्रमको महत्व र उद्धेश्यमाथी प्रकास पार्दै विष्णु हमालले विश्वमा नेपाल चिनाउने र नेपाली नयाँ पुस्तामा नेपालप्रतिको माया बढाउने कार्यमा निरन्तर कार्य गर्दै आएको बताउनुभयो । उहाँले आफुहरुको यो अभियानमा विभिन्न संघसंस्था र सरोकारवालासंगै अन्तराष्ट्रिय समुदायलेसमेत सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।
यसैगरी अष्ट्रेलियामा रहेर सामाजिक कार्य गर्दै आउनु भएका रुपन्देहि सामाजिक संञ्जालका संरक्षक तथा न्यू साउथ वेल्सका स्टेट डेपुटि कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रम सम्पन्न गर्न सबै संघसंस्थाहरुसंग समन्वय, सम्पर्क गर्नुभएको थियो भने मुल समारोहका लागि अन्य आवश्यक सहजिकरण समेत गर्नुभएको थियो ।

उहाँले नेपालको कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रस्तुत गर्न यस्ता कार्यक्रमले उच्च महत्व राख्ने बताउनुभयो । नेपालमा विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरेलले सामाजिक सेवा आफ्नो रहर भएका कारण आफुले सामाजिक कार्यलाई निरन्तता दिएको समेत बताउनुभयो ।
गोरखा समाजका निवर्तमान अध्यक्ष आनन्द श्रेष्ठले यस कार्यक्रम सम्पन्न गर्नका लागि समाजको तर्फबाट महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
कार्यक्रममा संरक्षक डा. नारायण प्रधान, उमेश पन्त, इन्दिरा दिदि लगायतको उपस्थिती रहेको थियो । यसैगरी अष्ट्रेलीयामा रहेका विभिन्न ३८ वटा संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु नेपालको कला संस्कृति, परम्परा र मौलिक पोषकमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई थप रोचक बनाउन नेपाली अभिभावक समाज, अष्ट्रेलीयाले सगरमाथा सम्वन्धि नृत्य प्रस्तुत गरेको थियो । मेलवर्न, एडिलेट र क्यानवारा लगायतका सहरहरुमा सोही दिन भएको कार्यक्रममा नेपाली समुदायहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यसैगरी फेन्काका अध्यक्ष बोम योञ्जनले मेलवर्नको कार्यक्रमको नेतृत्व गर्नुभएको थियो भने क्यानवारामा पूर्व अध्यक्ष डा.कृष्ण हमाल, एडिलेटमा फेन्काका महासविच कपिल पाण्डे लगायतले नेतृत्व गर्नुभएको थियो । गोरखा समाजको तर्फबाट विशेष लाखे नाच अन्जन श्रेष्ठले लाखे नाच प्रस्तुत गर्नुभएको थियो । यसैगरी सरिना सैजु लगायतका कलाकारले आफ्नो साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा ममता तिवारी र दयाराम सिम्खडाले नेपालको हिमाल, यसको महत्व र नेपाल चिनाउने कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सम्पन्न गर्न Let’s talk Numbers, Best green solar, Precision Home, Expert education and visa services, Peak Realty Real estate,Aussie Finance and home loans,Multi Dyanamic Real estate, Rainbow Painting and services, Himal Expert Driving School NSW, RFM Facility management and Expert telecom लगायत विभिन्न व्यवसायिक संघ संस्थाले सहयोग प्रदान गरेका थिए । यसैगरी सिद्धावावा डिजिटल प्रिन्टले पनि कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको थियो ।

