मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा

एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध तत्कालका लागि अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् ।
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर खर्च गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए । ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि यो विवाद त्यसपछि चर्किएको हो ।
एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति ‘सम्मान’ नदेखाएको आरोप लगाए। ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन्।