इगोले अवरोध संसद, बैठक, सरेको सरै

 इगोले अवरोध संसद, बैठक, सरेको सरै

काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेपछि प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन। बजेट ल्यान संसद चल्न दिने र त्यसपछि अबरोध गर्ने जनाएका विपक्षी दलहरुले आफनो अडान कायमै राखेका कारण संसद बैठक चल्न नसकेको हो ।
संसद बैठक अवरोध हुँदा बजेटमाथीको छलफल पनि प्रभावित बनेको छ । त्यसो त दलहरु संसद खुलाउने विषयमा भेटघाट र छलफलमा पनि जुटेका छन् । तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनन् । सहमति नभएपछि यस अघिका बैठकहरु सूचना टाँस गरेर स्थगीत गरिँदै आइएको थियो ।
यसैबीच प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा दलहरू बहुपक्षीय छलफलमा छन् । विपक्षी दलहरूको छुट्टै बैठक बसेको छ । सत्तारुढ दल कांग्रेससँग विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले छुट्टाछुट्टै छलफल गरेको छ । कांग्रेसका नेताहरू पनि विपक्षी दलसँग निरन्तर संवादमा छन् ।
जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *