अष्ट्रेलियामा ४५ जनालाई रोजगारी दिँदै व्यवसायी विसाल चौलागाईं
अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्थ एसफिल्ड लिभरपुल रोडमा एउटा नयाँ नेपाली व्यवसाय सुरु भएको छ ।
नेपाली स्वाद र संस्कार सहित ‘Ashfield Sekuwa Corner’ नामक फास्टफुड तथा नेपाली परिकारहरूसँग सम्बन्धित पसल सञ्चालन गर्दै आएका छन्।
सन् २०२० देखि विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायीले अलिे ४५ जना भन्दा धेरैलाई रोजगारी प्रदान गरेका छन् ।
नेपाली समुदायका लागि प्रेरणादायी व्यक्तित्व बनेका विसाल चौलागाईंले विदेशमा समेत नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धन गर्दै उल्लेखनीय सफलता हात पारेका छन्।
