पटक पटक स्थगित प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजसे बस्दै

 पटक पटक स्थगित प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजसे बस्दै

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
हिँजो प्रतिपक्ष दलहरुसंग सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि साँझ ६ बजे बसेको बैठक आजका लागि सािरएको हो ।
यदी दलहरुवीच सहमति ज्ट्यो भने आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *