अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरूकाठमाडौं आइपुगे

काठमाण्डौ । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् ।
डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ ।
३७ मध्ये ३२ जना पुरूष र ५ जना महिला रहेको कार्यालयले जनाएको छ ।
उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।
ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरू हुन् कि भनेर बुझ्न विमानस्थलमै सामान्य सोधपुछ गरी पठाउने गरेको छ।
ठगिएर अमेरिका पुगेका हुन् र त्यस्ता व्यक्तिहरूले दलालविरूद्ध उजुरी दिए भने ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।