ऋण प्रक्रिया सहज गर्न १९ लाख घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

 ऋण प्रक्रिया सहज गर्न १९ लाख घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो।

रूपन्देही सिद्धार्थनगर- १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिन नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा कागजात पेस गरी प्रक्रिया अगाडि बढाएको थियो।

ऋण प्रक्रियाको लागि हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा एवं सेयर सदस्य अंकित भुसालले ऋणका लागि प्रक्रिया अघि बढाएका थिए।

चन्द्रबहादुर अधिकारीले ऋण मिलाउन भन्दै २०८१ भदौ ३० गते अंकितसँग रकम मागेका थिए। रकम मागेपछि बालकृष्णले प्राइम बैंकमार्फत चेक दिएका थिए।

चन्‍द्रबहादुरले उक्त सात लाखको चेक साट्न लक्कीलाई दिएका थिए। लक्कीले फेरि राकेश थापालाई दिएपछि चेक साटिएको थियो। १२ लाख रकम पनि चन्द्रबहादुरले शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजमार्फत लिएको अख्तियारले जनाएको छ। अंकित भुसालले आफ्ना बुवासँग रकम मागेर अनन्या इन्टरप्राइजेजको खातामा १२ लाख हालिदिएका थिए।

अख्तियारले घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरण समेतका कागजात २०८१ माघ २३ गते अधिकारीको घरबाट बरामद भएको थियो।

यसरी घुस लिएको र दिएको भन्दै अख्तियारले उनीहरू पाँचै जनाविरूद्ध मुद्दा दायर गरेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *