एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु

 एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु

२ सय ४२ जना यात्रु र चालक दलका सदस्यहरू मध्ये २ सय ४ जनाको मृत्यु भएको छ । विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो । विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटना भएको थियो।

विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको छ।

एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १स्३८ बजे बेलायतका लागि उडान भरेको थियो।

जहाज टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिन्दुस्तान टाइम्सले उडेको पाँच मिनेटमा जहाज दुर्घटना भएको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडिओमा उडिरहेको जहाज तल खसिरहेको देखिन्छ। त्यसपछि घरमा ठोक्किएको दैनिक भास्करको समाचारमा उल्लेख छ।

जहाजमा २ जना पाइलटसहित क्याबिन क्रूका १० सदस्य र २३० यात्रु थिए। हिन्दुस्तान टाइम्सको समाचारमा जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार थिए भनिएको छ।

दैनिक भास्करले पनि जहाजमा रहेका यात्रुहरुको सूची सार्वजनिक गरेको छ। जसमा विजय रूपणीको नाम उल्लेख छ। उनी पूर्वमुख्यमन्त्री हुन् ।

एयर इन्डियाले विज्ञप्ती जारी गरेर अहमदाबादबाट लन्डन जाँदै गरेको फ्लाइट नम्बर एआई १७१ को जहाज दुर्घटना भएको भनेको छ।
घटनास्थलमा उद्धारकर्मीहरू खटिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *