कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा प्रवद्धर्न गर्न पैँचोको नेशलन सेल्स समिट

 कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा प्रवद्धर्न गर्न पैँचोको नेशलन सेल्स समिट

काठमाडौ । पैँचो पसल प्रा.लि.ले तीन दिने नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको छ । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैँचोले पहाडी र उच्च पहाडी उत्पादनलाई कच्चापदार्थकारुपमा उपयोग गर्दै नेपाली स्वादलाई शहरसम्म पु¥याएर विक्रि वितरण गरिरहेको छ ।

समिटमा बोल्दै पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भईरहेको नेपालीहरुलाई रोक्नका लागि अब कृषिमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली वस्तुको प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढाउन आवश्यक रहकेो उहाँले बताउनुभयो ।
यस्तै पैचो पसलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० केशव न्यौपानेले पैचोसंग १ लाख भन्दा बढी किसान जोडिएर काम गरिरहेको बताउनुभयो ।
कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैँचोको उत्पादनहरू बजारमा निरन्तर आफ्नो बजार बिस्तार गर्न सफल भएको बताउनुभयो ।
पैँचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका खाद्य सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउदै आएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *