इरान–इजरायल तनावः सिरिया र जोर्डन हवाई क्षेत्र बन्द

 इरान–इजरायल तनावः सिरिया र जोर्डन हवाई क्षेत्र बन्द

काठमाडौं — इजरायल र इरानबीच चर्किंदै गएको सैन्य तनावका कारण मध्यपूर्वमा हवाई सुरक्षा संकट गहिरिँदै गएको छ। सोही सन्दर्भमा सिरियाको नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र आइतबार बिहान ८ बजेसम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिरियाले यो कदम चालेको बताइएको छ।

यसअघि नै जोर्डनले पनि सुरक्षा चिन्तालाई कारण देखाउँदै अनिश्चितकालका लागि आफ्नो हवाई आकाश बन्द गरिसकेको छ। यी निर्णयहरू इरान–इजरायल तनावका गम्भीर प्रभावहरू क्षेत्रीय रूपमा फैलिन थालेको संकेतका रूपमा हेरिएको छ।

समाचार संस्था अलजजीराका अनुसार, पछिल्ला कदमहरू तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा परिस्थितिको सीधा प्रतिक्रिया हुन्। विश्लेषकहरूका अनुसार यस्तो अवस्था लामो समयसम्म रहनु मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने खतरा रहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *