यातायात कार्यालयका अधिकृत विरुद्ध साढे २ करोड भ्रष्टाचारको मुद्दा

 यातायात कार्यालयका अधिकृत विरुद्ध साढे २ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

२०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्म भएको कारोबारमा २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँको स्रोत नखुलेपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारले जानकारी दिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *