पशुपति शवदाह गृह मेसिनमा भ्रष्टाचार १६ जनाविरूद्ध मुद्दा

पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जना र दुई वटा कम्पनीलाई मुद्दा दायर गरेको हो।
मुद्दा दायर हुनेमा थापा, कोषका तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरीविरूद्ध मुद्दा दायर भएको हो।
त्यस्तै लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापा, म्याप इन्टरप्रेनर्स प्रालि, संचालकहरू मनोज पुरी र यदुनन्दन भट्टराईविरूद्ध पनि मुद्दा दायर भएको हो।
त्यसैगरी एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालि र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरूद्ध पनि मुद्दा दायर भएको हो। अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शवदाह गृहको मेसिन खरिद गर्न लागि सुरू देखिनै सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको मापदण्डभन्दा विपरीत बोलपत्र आह्वान गरेको थियो।