सहकारी अभियान सुधार्न पहिले आफै सुर्धनु पर्छ : खेम पाठक

 सहकारी अभियान सुधार्न पहिले आफै सुर्धनु पर्छ : खेम पाठक

देशव्यापी सहकारी जागरण तथा आम प्रशिक्षण कार्यक्रम अन्र्तगत महोत्तरीको वर्दिवासमा एक दिने विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा महोत्तरी र सिन्धुलीका १९ वटा संस्थाका ३ सय जना सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, कर्मचारी एवम् सेयर सदस्यहरुको सहभागितामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सरदा दाहाल, केन्द्रीय संघ का सञ्चालक राम कुमार महतो लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले सहकारी सुधारका लागि सबैभन्दा पहिले राज्य र अभियान भन्दा पनि आफै सजग र सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सेयर सदस्य, सञ्चालक, कर्मचारी सजग र सचेत हुन सक्दा संस्था आफै राम्रो हुँदै जाने तर्क गर्नुभयो ।

संस्था नविग्रने हो भने अभियान त्यसै राम्रो हुँदै जाने उहाँको धारणा थियो ।

अभियानले नीतिगत पहल गरिरहेको भन्दै उहाँले कार्यगत रुपमा प्रारम्भिक संस्थाहरुमा देखिएका कमिकमजोरी सुधारका लागि पनि अभियान नेतृत्वले सोच्नुपर्ने उहाँको धारणा थियो ।

यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्त समाजिक रुपान्तरणका लागि महत्वपूर्ण रहने भन्दै यसतर्फ सबै सजगताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

उहाँहरुले सबैभन्दा पहिला आफु ठिक हुनुपर्ने भन्दै आफैबाट सुधारको सुरुवात गर्न सके समाज, राष्ट्र र अभियान ठिक हुँदै जाने तर्क गर्नुभएको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघको नेतृत्वमा अहिले देशभर सहकारी नेतृत्वका लागि आम प्रशिक्षण तथा सहकारी जागरण सभा भइरहेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *