नेपाल द्धारा प्रतिद्वन्दी लाओस ९-० को फराकिलो अन्तरले पराजित, कप्तान सावित्राको ह्याट्रिक

 नेपाल द्धारा प्रतिद्वन्दी लाओस ९-० को फराकिलो अन्तरले पराजित, कप्तान सावित्राको ह्याट्रिक

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिकसंगै प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ ।
पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल गर्दै अग्रता दोब्बर पारिन् । दोस्रो हाफको ४७औं मिनेटमा सरुले गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् ।
सावित्राले ५५औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन् । उनले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने त्यसको एक मिनेटपछि व्यक्तिगत चौथो गोल गरिन् ।

रश्मीले ५६औं र अनिता केसीले ८३औं मिनेटमा गोल गरिन् । नेपालले ८८औं मिनेटमा नवौं गोल गर्‍यो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *