मनसुनी वायुको प्रभाव बढ्दो, चार प्रदेशमा भारी वर्षाको सम्भावना

 मनसुनी वायुको प्रभाव बढ्दो, चार प्रदेशमा भारी वर्षाको सम्भावना

Rainy weather

काठमाडौँ, असार १८ — हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‍हरूले जनाएका छन्। साथै, यी चारवटै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। यी प्रदेशहरूका एक–दुई स्थानमा पुनः भारी वर्षाको सम्भावना पनि छ।

महाशाखाले डुबान, बाढी र जनजीवन प्रभावित हुने जोखिम प्रति सचेत गराउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा रहन सक्ने, साना–ठूला नदी, नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने, साथै यातायात, कृषि, स्वास्थ्य, पर्यटन र निर्माण कार्यहरूमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *