गम्भीर रोगका बिरामीले २ लाखसम्मको उपचार पाउने ,स्वास्थ्य बीमाको सुविधा दोब्बर,

 गम्भीर रोगका बिरामीले २ लाखसम्मको उपचार पाउने ,स्वास्थ्य बीमाको सुविधा दोब्बर,

काठमाडौँ,। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गरिने उपचार सुविधाको रकम दोब्बर बनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका अनुसार, आगामी साउन १ गतेदेखि बीमित नागरिकले रु दुई लाखसम्मको उपचार सुविधा प्राप्त गर्नेछन्।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो महत्वपूर्ण घोषणा गर्दै, विशेषगरी आठ प्रकारका कडा रोगबाट पीडित र आर्थिक रूपमा कमजोर नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले यो निर्णय लिइएको बताउनुभएको छ।

हालसम्म यो सुविधाको सीमा रु एक लाख मात्र थियो। “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,” उहाँले उल्लेख गर्नुभएको छ।

यो नयाँ व्यवस्था अनुसार, क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको तथा मेरुदण्डको गम्भीर चोट (हेड एन्ड स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर जस्ता रोगका बिरामीहरूले बढेको सुविधाबाट लाभ लिन सक्नेछन्।

यसअघि नै सरकारले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन बीमितले बसोबास गरेकै स्थानबाट उपचार लिन सक्ने र सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय गरिसकेको छ। यो पछिल्लो निर्णयले स्वास्थ्य बीमा कार्यक्रमलाई थप नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *