काठमाडौँ को थापाथली इस्थित सुकुम्बासी बस्तीमा बस्ने युवक पुलमुनि मृत फेला
काठमाडौँ,। काठमाडौँको व्यस्त थापाथली पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन्।
प्रहरीका अनुसार मुतक मकवानपुरका ३५ वर्षीय हरि राई हुन् । उनी मङ्गलबार मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।
थापाथलीको सुकुम्बासी बस्तीमा आश्रय लिइरहेका उनको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मृत्युको कारण खुल्न सकेको छैन र प्रहरीले शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको छ।
प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ।
