राजश्व परामर्श समितिको वैठक सम्पन्न आगामी आर्थिक वर्षका लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

 राजश्व परामर्श समितिको वैठक सम्पन्न आगामी आर्थिक वर्षका लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको वैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
वैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका वैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।

नगरसभा वैठकमा प्रमुख बालेन्द्र शाह बालेनले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नु हुने छ ।

वैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *