कपिलवस्तुमा यात्रुबस पल्टिँदा २८ भन्दा बढी घाइते, एक वृद्धको अवस्था गम्भीर
काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको यात्रुबाहक बस कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै पल्टिँदा २८ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरेर चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ७२ वर्षीय एक वृद्ध गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।
सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना !
