काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ का लागि काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

काठमाडौँ, असार २९ – लामो समयदेखि चलिरहेको आन्तरिक विवाद र तनावपछि काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्न लागेको छ। दिउँसो २ बजे बस्ने नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
स्थानीय तहले सामान्यतया असार १० भित्रै बजेट ल्याउने प्रचलन भए पनि यस वर्ष काठमाडौँ महानगरमा आन्तरिक विवाद र छलफलका कारण बजेट ल्याउन ढिलाइ भएको हो। शुक्रबार बसेको करिब १ मिनेट लामो कार्यपालिका बैठकमा मेयर शाहले नगरसभा बोलाउने प्रस्ताव राखेका थिए, जसलाई उपस्थित सदस्यहरूले समर्थन जनाएपछि पारित गरिएको थियो।
महानगरपालिकाले यसपटक करिब २५ अर्बको सीमामा बजेट ल्याउने तयारी गरेको छ। मेयर शाहले बजेटमार्फत जनचाहना सम्बोधन गर्दै पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा बजेट वृद्धि गर्ने निर्णय राजस्व परामर्श समितिले पनि गरेको छ।
नगरसभा पछि बजेटका प्रमुख योजनाहरू सार्वजनिक हुनेछन्, जसले काठमाडौंवासीको जीवनस्तर उकास्ने र शहरको अनुहार फेर्ने अपेक्षा गरिएको छ।