रास्वपाको हस्ताक्षर अभियानमा १५ लाख हस्ताक्षर, ३७ लाख चन्दा संकलन

 रास्वपाको हस्ताक्षर अभियानमा १५ लाख हस्ताक्षर, ३७ लाख चन्दा संकलन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानले हालसम्म १५ लाख नागरिकको समर्थन पाएको छ।
पार्टीका नेता मनिष झाका अनुसार अभियानमार्फत हालसम्म ३७ लाख रुपैयाँभन्दा बढी चन्दा पनि संकलन भएको छ। उनले बताएअनुसार यो अभियान अझै जारी रहेको र अझ बढी नागरिकको सहभागिता अपेक्षा गरिएको छ।
रास्वपाले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको आरोप लगाउँदै देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको हो। पार्टीले लामिछानेको रिहाइका लागि न्यायिक र राजनीतिक दुवै माध्यमबाट संघर्ष गर्ने बताएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *