नेपालकै एक मात्र कानुनी शिकार आरक्ष क्षेत्र ढोरपाटन —जुन सन् १९८७ मा स्थापना भएको थियो। ढोरपाटन मनोरम दृश्य स्वगीय आनन्द (भर्चुअल घुम्न भिडियो हेर्नुहोला)

यो पश्चिम नेपालको धौलागिरी हिमश्रृंखलाको रुकुम, म्याग्दी र बाग्लुङ जिल्लामा फैलिएको छ। यहाँको यो पाटनमा फुलेका विभिन्न रंगी विरंगी फुल जसले नेपाली र विश्वको ध्यान तानिरहेको छ । पाटनसंगै यहाँ शिकार खेल्न आउने विदेशीहरुको पनि विभिन्न समयमा उल्लेख्य सहभागिता र उपस्थिती रहने गर्दछ ।
यहाँ ब्लु शीप (नाउर), हिमाली भालु, घोरल र लंगूर पाइन्छन्।
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ ।
खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् ।
यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् । वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् ।
वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अलिक अप्ठ्यारो छ । गुल्मीको रिडी हुँदै बुर्तिवांग भएर जान सकिन्छ भने पोखराबाट वुर्तिवांग हुँदैपनि ढोरपान जान सकिन्छ ।
३,२८० मिटर उचाइमा फैलिएको ढोरपाटनको मुहानहरू, पाटन, जंगल र हिमालका दृश्यहरू एकसाथ देख्न सकिन्छ ।
पहुचका लागि बागलुङ, बरेङ, वा रुकुम हुँदै घोडा वा बाइक यात्रा गर्न सकिन्छ ।
यहाँ पुग्नासाथ धवलागिरी, गुर्जा र छः हजार मिटर उचाइका हिमश्रृंखलाहरू देख्नुहुनेछ ।
शान्त वातावरण, गुरुङ, मगर र अन्य जातीय संस्कृतिको समिश्रणले ढोरपाटन एक अनौठो अनुभव बनाउँछ।
भ्रमणका लागि उपयुक्त समयस् चैतदेखि असोज हो यो समयमा पाटनहरू फूलले ढकमक्क हुन्छन् । स्वर्ग जस्तै नेपालका यस्ता धेरै ठाउँहरु छन् जहाँ हामी तपाईलाई डिजिटल रुपमा घुमाउनेछौँ ।