उत्कृष्ट चलचित्र शाम्बाला, उत्कृष्ट अभिनेता विजय बराल (भिडियो सहित)

 उत्कृष्ट चलचित्र शाम्बाला, उत्कृष्ट अभिनेता विजय बराल (भिडियो सहित)

चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ एक विशेष समारोहकाबीच सम्पन्न भएको छ।

मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाइन् । उनले खुस्मा फिल्मबाट यो पुरस्कार पाएकी हुन् । पटकथातर्फ छक्का पञ्जा ५ बाट दीपकराज गिरीले पाएका छन् भने छायांकनमा पीताम्बर फिल्मबाट पुरुषोत्तम प्रधानलाई पुरस्कार प्रदान गरिएको छ ।

नेवारी फिल्म लगायबनले आदिवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्म पुजार सार्कीले प्रोत्साहन सम्मान प्राप्त गर्न सफल भएको छ ।

सबै विधामा उत्कृष्टलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ ।

वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार सहित दीर्घ साधना सम्मान पनि चलचित्र विकास बोर्डले प्रदान गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *