सहसचिव पोखरेल बने बीमा प्राधिकरणको अध्यक्ष
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनेका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज पोखरेललाई प्राधिकरण अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
छानबिन समिति गठन भएपछि ओझा स्वत निलम्बित भएका हुन् ।
