सामाजिक कार्यमा युवा अभियन्ता बासुदेव पराजुली

 सामाजिक कार्यमा युवा अभियन्ता बासुदेव पराजुली

अमरपुर गुल्मी । गुल्मीको तत्कालिन अमरपुर गाविसमा जन्मेर काठमाण्डौ र वुटवलमा विभिन्न पेशा व्यवसायमा आवद्ध सामाजिक अभियन्ता वासुदेव पराजुलीले आफुले प्राथमिक शिक्षा अध्ययन गरेको विद्यालयमा पाठ्या सामग्री वितरण तथा मा र अध्यापन गराउनुहुने शिक्षकहरुलाई सम्मान गर्नुभएको छ ।

आफ्नो जन्मदिनको अवसरमा अरु कार्य गर्नुभन्दा आफुले पढेको स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने र शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेर पराजुलीले सामाजिक कार्यको अर्को नविन अभ्यास सुरु गर्नुभएको हो ।

पराजुलीलले आफुले पढेको विद्यालय सरस्वती अधारभूत विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी ६० जना छात्रा छात्रलाई कापी, कलम लगायतका अन्य पाठ्य सामग्री वितरण गर्नुभएको छ ।

पराजुलीले आफुलाई पढाउनुहुने शिक्षक धर्मराज पराजुली र हीरा खत्रीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । यसैगरी स्कुलमा अहिले कार्यरत सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरुलाई पनि मायाको चिनो वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा इस्मा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ढाल बहादुर कुँवर प्रमुख अतिथी हुनुहुन्थ्यो ।

वडा अध्यक्ष कुँवरले आफ्नो जीवनको विशेष दिन आफ्नो जीवनको पठन पाठन भएको स्कुलमा आएर मनाउने अभ्यास अत्यन्तै सकारात्मक भएको बताउनुभयो ।

उहाँले अमरपुरका विभिन्न स्कुलबाट शैक्षिक यात्रा सुरु गरेका विद्यार्थीहरु अहिले देशको विभिन्न स्थानमा महत्वपूर्ण जिम्मेवारीमा पुगेको स्मरण गर्दै सबै पूर्व विद्यार्थीहरुले यसरी नै आफ्नो जन्मस्थान र आफुले पठन पाठन सुरु गरेको स्कुल, शिक्षकलाई सम्झने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी विशेष कार्यक्रममा बोल्दै वासुदेव पराजुलीलले आफ्नो जीवनको महत्वपूर्ण समयमा महत्वपूर्ण शिक्षा आर्जन गरेको यस विद्यालय र शिक्षकहरुलाई यो समयमा सम्झन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय र विद्यार्थीहरुको स्तर उकास्न आफ्नो स्थानबाट सक्दो सहयोग निरन्तर गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

यसैगरी कार्यक्रममा अमरपुर ओमप्रसाद गौतम माध्यामिक विद्यालयका प्र.अ. तिलक पराजुली, देविस्थान प्रा.वी. का प्र.अ. लोकनाथ पाण्डे, गोविन्द रत्न प्रा.वि.का प्र.अ. टेकहरी पराजुली सहित समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ. धर्मराज पराजुलीले गर्नुभएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *