काठमाडौं महानगरको बजेट पारित, बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार

काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।
काठमाडौं महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको थियो ।