२०८१ को प्रतिभा पुरस्कार वितरण समारोह सम्पन्न, देशभरका स्रष्टाहरू पुरस्कृत

काठमाडौं, असार ३२ – नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सांस्कृतिक संस्थान, जमलमा भएको कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, संगीतकर्मी तथा नाट्य स्रष्टाहरुलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पहिचान र परिचय संसारभर चिनाउन महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुलाई सरकारले यसरी सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले पुरस्कार वितरण गर्दै स्रष्टाहरूको योगदानले मुलुकको कला, साहित्य र संस्कृतिको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सरकारले भाषा एवम् साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बट अमृत योन्जन तामाङलाई पुरस्कृत गरेको छ ।
यसैगरी प्रादेशीक प्रतिभा पुरस्कार भाषा तथा साहित्यतर्फ विमला तुम्खेवा कोशी, श्याम शाह मधेश, नर्मदेश्वरी सत्याल बागमती, मीनराज रेग्मी गण्डकी, भगवानदास यादव लुम्बिनी, समीर शाह – सल्यानी माइला कर्णाली र नरेन्द्रप्रसाद भट्ट सुदूरपश्चिम रहेका छन् ।
यसैगरी संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार डा. सोमबहादुर धिमाललाई प्रदान गरिएको छ । यसैविधामा प्रादेशिक पुरस्कार कमलजङ्ग राई, सीतल गिरी, तारादेवी सुनुवार, भक्तिप्रसाद शर्मा, इन्द्रिस खाँ, मोतीराज बम र देवेन्द्रप्रसाद भट्ट रहनुभएको छ ।
यसवर्ष संगीत तथा नाट्य विद्याको राष्ट्रिय प्रतिभा पुरस्कार राजेन्द्र बहादुर शाहलाई प्रदान गरिएको छ ।
यसैगरी प्रादेशिक विजेताहरु विपिन पौडेल, शिवंकर रिजाल, सुदेशराज शर्मा, दिया मास्के, उदिराम खड्का, तिलक परियार, प्रकाशबहादुर थापा रहनुभएको छ ।
ललितकला विद्यातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ मुकेश मल्ललाई प्रदान गरिएको छ । यसविद्यामा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट हिम्मत बहादुर लिम्बु, गीता कुमारी ठाकुर, प्रमिला बज्राचार्य, सिद्धिध्वज तुलाचन, हरिराम अधिकारी, थेक्क्षोक तामाङ र मित्थु चौधरीलाई प्रदान गरिएको छ ।
सरकारले महाकवि देवकोटा पुरस्कारबाट यस वर्ष ५ जनालाई पुरस्कृत गरेको छ ।
यसवर्ष पुरस्कृत हुने श्रष्टाहरुमा तीर्थ श्रेष्ठ, लक्ष्मण गौतम, नाराायण ढकाल, कल्पना प्रधान, रेशम मिमिरे रहनुभएको छ ।
यसैगरी आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कारबाट यस वर्ष प्रा. डा. रामप्रसाद ज्ञवालीलाई पुरस्कृत गरिएको छ ।
यसवर्षको गोपालप्रसाद रिमाल पुरस्कार भरत बहादुर भण्डारी काव्य र किरण राईलाई नाटक विद्यामा प्रदान गरिएको छ ।
योगमाया राष्ट्रिय पुरस्कार डा. नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको थियो ।
भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०८१ बट मान बहादुर विश्वकर्मा, भीमकान्त पन्थी र दलन टेलिश्रृखलालाई प्रदान गरिएको छ ।
गुगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रा.डा. देवीप्रसाद नेपाललाई प्रदान गरिएको छ । यस वर्ष इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार २०८१ बेलायती नागरिक डा.जोन ह्वेप्टनलाई प्रदान गरिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रा.डा. वीणा पौड्याललाई प्रदान गरिएको छ ।
सरकारले हरेक वर्ष नेपालको कला, साहित्य, संगीत तथा नाट्या क्षेत्रमा योगदान गर्ने श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।