सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै

 सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै

काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदैछ । नयाँ आवमा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ ।

आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।

सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *