उद्योग व्यवसायीहरुलाई प्रदान गरियो सीआईपी अवार्ड

 उद्योग व्यवसायीहरुलाई प्रदान गरियो सीआईपी अवार्ड

काठमाण्डौ । सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति सी.आई.पी. अवार्ड प्रदान गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायीहरुलाई सीआईपी अवार्ड प्रदान गरेका हुन् ।

अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक तथा छाता संघ संस्थाका नेतृत्वहरु रहेका छन् ।

उद्योग वाणिज्य महासंघका महासंघ अध्यक्ष चन्द्र ढकालसहित नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश कुमार अग्रवाल, परिसंघका राजेशकुमार अग्रवाल, हस्तकला महासंघका रवीन्द्र शाक्य, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले अवार्ड प्राप्त गरेका छन् ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति सि.आई.पी. छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने गरिन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *