तेस्रो मुलुकमा नेपाली गलैंचा निर्यात स् प्रेस्टिज कार्पेटको ऐतिहासिक उपलब्धि बारा–पर्सा औद्योगिक कोरिडोरबाट गलैंचा अमेरिका, युएई र केन्या निर्यात सुरु

 तेस्रो मुलुकमा नेपाली गलैंचा निर्यात स् प्रेस्टिज कार्पेटको ऐतिहासिक उपलब्धि बारा–पर्सा औद्योगिक कोरिडोरबाट गलैंचा अमेरिका, युएई र केन्या निर्यात सुरु

वीरगञ्ज (पर्सा) २ साउन — बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले अब आफ्ना उत्पादनहरू तेस्रो मुलुकमा पनि निर्यात गर्न सुरु गरेको छ।

इन्डिस्ट्रिजले गत बिहीबार मात्रै करिब ३०,००० वर्गमिटर गलैंचा सुक्खाबन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स ९ग्ब्भ्०, अफ्रिकी मुलुक केन्या, र संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा पठाएको हो।

यसअघि भारतमा मात्रै निर्यात हुँदै आएको प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार, “लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न सफल भएका छौं। यस पटक करिब रु १ करोड बराबरको गलैंचा तेस्रो मुलुकमा निर्यात गरेका छौं।”

उद्योगको क्षमता र रोजगारी
जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिज विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको छ।
यो उद्योगले हालसम्म १०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने यसको वार्षिक उत्पादन क्षमता २० लाख वर्गमिटर रहेको उद्योग स्रोतले जनाएको छ।

उद्योगले रु ९०० देखि रु ४,००० प्रति वर्गमिटरसम्मका विभिन्न स्तर र गुणस्तरका गलैंचा उत्पादन गर्छ।

व्यवसायिक क्षेत्रको प्रतिक्रिया
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमै प्रशोधन गरी पुनः तेस्रो मुलुकमा निर्यात गर्नु गौरवको विषय भएको बताएका छन्।
उनले भने, “यस किसिमको उत्पादन निर्यातले नेपालमा औद्योगिक सम्भावना कति छ भन्ने कुरा प्रमाणित गर्छ।”

निष्कर्ष
नेपाली उत्पादनले अब केवल छिमेकी राष्ट्रमा मात्र नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राखेको पुष्टि प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले गरेको छ।
सरकार र निजी क्षेत्रको सहकार्यमा यस्ता निर्यातमुखी उद्योगहरूलाई प्रवर्धन गर्न सके नेपालले निर्यात व्यापारमा ठूलो फड्को मार्न सक्छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *