धनगढीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
यादवको साथबाट घुसबापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरेको जनाएको छ ।