दीपेन्द्र अग्रवाल २२ करोड ठगीको आरोपमा पक्राउ

 दीपेन्द्र अग्रवाल २२ करोड ठगीको आरोपमा पक्राउ

काठमाडौं, ५ साउन। शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

लगानीकर्ताहरूलाई २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको र विश्वासघात गरेको आरोपमा उनलाई टोखास्थित निवासबाट पक्राउ गरिएको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख, एसएसपी विश्वराज अधिकारीले अग्रवाललाई ठगी र विश्वासघातको कसुरमा पक्राउ गरिएको पुष्टि गर्नुभयो। अग्रवालले सामाजिक सञ्जालको दुरुपयोग गरी बजारलाई कृत्रिम रूपमा प्रभावित पारेको र सोझा लगानीकर्तालाई फसाएर अनुचित लाभ लिएको आरोप छ।

अग्रवालले सस्तोमा कुनै कम्पनीको ठूलो परिमाणमा शेयर खरिद गर्ने र त्यसपछि सामाजिक सञ्जालमार्फत उक्त शेयरको मूल्य बढ्ने भन्दै हल्ला फैलाउने गर्थे। उनले निश्चित मूल्य तोकेरै ‘यतिसम्म पुग्छ’ भन्दै लगानीकर्तालाई किन्न उक्साउँथे।

जब लगानीकर्ताहरूले खरिद गर्न थालेपछि मूल्य बढ्थ्यो, तब उनी आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउँथे, जसकारण पछि खरिद गर्ने लगानीकर्ताहरू फस्ने गर्थे।

अनुसन्धानका क्रममा उनले १५ वटाभन्दा बढी विभिन्न व्यक्तिका नाममा रहेका कारोबार व्यवस्थापन प्रणाली ९त्ःक्० खाताहरू एक्लै सञ्चालन गर्ने गरेको खुलेको छ। ती खातामार्फत आफैं किन्ने र बेच्ने (Circular Trading) गरी कृत्रिम रूपमा शेयरको मूल्य बढाउने गरेको पनि प्रहरीको आरोप छ।

यसअघि नेपाल धितोपत्र बोर्ड (SEBON) ले पनि उनको कारोबारमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *