अष्ट्रेलियामा नेपाली संस्कृ‍तिको निरन्तरता ‘खिर खाने कार्यक्रम तथा विशेष कार्यक्रम सम्पन्न

 अष्ट्रेलियामा नेपाली संस्कृ‍तिको निरन्तरता ‘खिर खाने कार्यक्रम तथा विशेष कार्यक्रम सम्पन्न

सिड्नी । श्रावण १५ को अवसरमा नेपाली अभिभावक समाज अष्ट्रेलियाको आयोजनामा खिर खाने कार्यक्रम एक उत्सवका रुपमा मनाइएको छ ।
नेपाली परम्परा र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा नेपाली अभिभावक समाजका अध्यक्ष चन्द्रकुमार कायस्थको अध्यक्षता र अष्ट्रेलियाका मेम्बर अफ पार्लियामेन्ट नथान ह्यागार्टी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि ह्यागार्टीले आफ्नो मन्तव्यमा नेपाली समाजप्रति उच्च सम्मान व्यक्त गर्दै सामुदायिक विकासमा समाजले पुर्‍याउँदै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “म पनि यस समुदायको सहयोगका लागि सधैं तत्पर छु, अभिभावक समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

साथै उहाँले भविष्यमा निर्माण हुने सामुदायिक भवन र पार्कमा “सगरमाथा” नाम समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा समाजका अध्यक्ष कायस्थले समाजको समग्र विकासका लागि तयार गरिएको परियोजना प्रस्ताव पनि हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार तथा फेन्का न्यू साउथ वेल्स डेपुटी कोर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव रमण खतिवडा र सह(कोषाध्यक्ष केदार तिमिल्सिनाले गर्नुभएको थियो ।

कार्यक्रममा परम्परागत सांस्कृतिक भेषभूषासहितको नृत्य प्रस्तुति गरिएको थियो ।

दमन्ति पराजुलीको अगुवाइमा समाजमा आबद्ध महिलाहरूको सक्रिय सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

स्वादिलो खिरको परिकार सहित १५० भन्दा बढी नेपाली मूलका समुदाय सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

 

समाजको स्थापना कालदेखि योगदान दिँदै आएका सल्लाहकारहरू सन्देशराज भण्डारी, भावना पराजुली, शंकरलाल राजभण्डरी, शिव पराजुली र राम पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सफल आयोजनाका लागि मेम्बर अफ पार्लियामेन्ट लेपिन्टन कार्यालयका जेली लगायतको उल्लेखनीय सहयोग र सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *