कृषि विकास बैंकको नाफामा ऐतिहासिक सुधार, व्यवस्थापन र नेतृत्वको कुशल प्रभाव

काठमाडौं – कृषि विकास बैंकले आफ्नो इतिहासकै सबैभन्दा बढी नाफा गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको हो।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसअघि २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको बैंकको यो उपलब्धि इतिहासमै पहिलो हो।
सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको ९ अर्ब ७६ करोडबाट बढेर ११ अर्ब ८९ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड भएको छ। यस अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गर्दै २ खर्ब १६ अर्ब २ करोड कर्जा परिचालन गरेको छ।
गैर–सञ्चल कर्जा अनुपात NLP घटेर ३.९१ प्रतिशतबाट ३.२६ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी बढेको छ। लाभांश क्षमता पनि १८.५३ प्रतिशत पुगेको छ।
विशेष गरी अन्तराष्ट्रिय अनुभव समेत हासिल गरेका प्रमुख कार्यकारीअ धिकृत सिइयोमा गोविन्द गुरुङको नेतृत्वमा अहिले बंँकले आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।
व्यवस्थापकीय चुस्तताले बैँकलाई नयाँ उचाईमा लैजान सहयोग पुगेको जानकारहरुले बताएका छन् ।