नागढुंगा सुरुङमार्गमा कुन सवारीको कति दस्तुर

 नागढुंगा सुरुङमार्गमा कुन सवारीको कति दस्तुर

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

यस सुरुङमार्गको निर्माण ९२५ सम्पन्न भइसकेको छ र १७ पुस २०८२ देखि सञ्चालनमा आउने लक्ष्य राखिएको छ। यो सुरुङमार्गको लम्बाइ २.६ किलोमिटर रहेको छ र जापानी सहयोगमा निर्माण भइरहेको छ।

सुरुङमार्गको सञ्चालनसँगै काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको समय घट्ने र ट्राफिक जाममा कमी आउने अपेक्षा गरिएको छ। यसले ढुवानी र यातायातमा सुधार ल्याउने विश्वास गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *