कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधार, ९ अंकले उकालो

 कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधार, ९ अंकले उकालो

Technology concept graph, business finance analysis marketing and profit

काठमाडौं, साउन २ – धितोपत्र बजारमा सोमबार कारोबार रकम घटेपनि नेप्से परिसूचक भने सकारात्मक देखिएको छ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम डेढ अर्ब रुपैयाँले घटेर ६ अर्ब १७ करोड रुपैयाँमा सीमित भए पनि नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ अंकमा पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइसकेकाले लगानीकर्तामा स्पष्टता आएको छ र त्यसको सकारात्मक प्रभाव परिसूचकमा परेको हो।

सोमबार कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक एक घण्टा बीचमा घटे पनि त्यसपछि पुनः सुधार हुँदै बन्द हुने बेला सम्म वृद्धि कायम रह्यो।

उद्योग समूहगत परिसूचकमा पनि सुधार देखिएको छ। सोमबार बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल तथा पर्यटन १७.१९, जलविद्युत् ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन्।

तर सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन्।

सोमबारको कारोबारमा ३२० कम्पनी सहभागी भए। तीमध्ये १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ।

यस दिन ६७ हजार ९९५ कारोबारमार्फत १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *